देश

    सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई

    नवलपुर टुडे
    २०८१ जेष्ठ ४ | मध्यान्ह ०५:०२ बजे

      काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ ।

      यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो । 

      नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल न. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपति थिए । 
       

       

        कमेन्टहरु