मधेश प्रदेश

    मधेस प्रदेशमा आज सार्वजनिक बिदा

    नवलपुर टुडे
    २०८१ जेष्ठ ४ | बिहान १०:०२ बजे

      ढल्केबर, जेठ ४ । जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । माता जानकी सीताको जन्म दिनको स्मरणमा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रूपमा मनाउने गरिन्छ ।

      जानकीको जन्मदिनको अवसरमा जानकी मन्दिरलगायत मठमन्दिरमा पूजा अर्चना भजन कीर्तन गरिँदै छ । आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको भिड लागेको छ ।

      जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरू जनकपुर पुगेका छन् । जानकी नवमीको अवसरमा मधेस सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

        कमेन्टहरु