अपराध

    वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका गायक रवि ओड ५ लाख धरौटीमा रिहा

    नवलपुर टुडे
    २०८१ जेष्ठ ४ | बिहान १०:०२ बजे

      काठमाडौं, जेठ ४ । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका गायक रवि ओड रिहा भएका छन् ।

      प्रहरी नियन्त्रणमा रहेका ओड बिहीबार साँझ रिहा भएका हुन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले बताए ।

      ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ओड कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी हुन् ।

      ‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

        कमेन्टहरु