देश

    प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथो पटक विश्वासको मत लिने

    नवलपुर टुडे
    २०८१ जेष्ठ ४ | बिहान ०८:०२ बजे

      काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । 

      चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखको प्रेस विज्ञ शेखर अधिकारीले रातोपाटीलाई जानकारी दिए । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

      सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मत लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले लोसपालगायतका साना दलहरूसँग विश्वासको मत माग्दै आएका छन् ।

      सम्भव भएसम्म साना दललाई पनि सरकारमा समेटेर अघि बढ्ने तयारीमा प्रचण्ड रहेका छन् । 

        कमेन्टहरु