समाचार

    डा. केसीले छैटौँ दिनमा तोडे अनशन

    नवलपुर टुडे
    २०८१ जेष्ठ ३ | मध्यान्ह ०६:०२ बजे

      काठमाडौं, जेठ ३ । डा.गोविन्द केसीले अनशन तोडेका छन् । चिकित्सकहरूको सुझावमा बिहीबार केसीले छैटौँ दिनमा अनशन तोडेका हुन् ।

      अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको छ । तसर्थ, हाम्रो आन्दोलन जारी रहने प्रतिबद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउँछु, उनले भनेका छन् ।

      केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा, सबै नेपालीलाई गुणस्तरीय र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन पारित हुनुपर्ने र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका थिए ।

      केसीले चारबुँदे माग राख्दै पशुपति परिसरमा वैशाख २९ गतेदेखि अनशन थालेका थिए ।

        कमेन्टहरु