देश

    प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

    नवलपुर टुडे
    २०८१ जेष्ठ ३ | बिहान ०६:०२ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक बोलाइए पनि संसद् चल्ने/नचल्ने निश्चित छैन । =

      प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी भएको कांग्रेसको आरोप छ । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । 

      जसका कारण नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबुल हुन सकेको छैन । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेको छैन ।

        कमेन्टहरु