मुख्य समाचार

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    नवलपुर टुडे
    २०८१ जेष्ठ २ | मध्यान्ह ०८:०२ बजे

      काठमाडौं, जेठ २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ ।

      बुधबार बसेको निगम सञ्चालक समिति बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाएको जनाएको हो ।

      नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय ५४ रुपैयाँ कायम भएको छ ।IMG 20240515 203831 709

        कमेन्टहरु