देश, राजनीति

    कांग्रेसले प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै घेर्‍यो रोष्टम

    नवलपुर टुडे
    २०८१ जेष्ठ १ | मध्यान्ह ०७:०२ बजे
    फाइल फोटो

      काठमाडौँ । प्रतिनिधिसभाको बैठक कांग्रेसले अवरोध गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।

      राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बसेको बैठकमा कांग्रेसले रोष्टम घेर्दै ‘सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन गठन गर’ भन्दै नाराबाजी गरेको छ । 

      सभामुख देवराज घिमिरेले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नुपर्ने व्यवस्था रहेकोले धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्नका लागि आग्रह गरेपनि विपक्षी दल कांग्रेसले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो । अर्को बैठक जेठ ३ गते बिहीवार ११ बजे बस्नेगरी बोलाइएको छ ।

       

        कमेन्टहरु