नारायणी र सुनकोशीमा टर्मिनलसहितको जलमार्ग बनाइने

नवलपुर टुडे
२०८१ जेष्ठ १ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं । सरकारले सुनकोशी र नारायणी नदीमा जलमार्ग बनाइने घोषणा गरेको छ। सरकारले यी दुई नदीमा टर्मिनलसहितको जलमार्ग सञ्चालनको व्यवस्था गर्ने भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जलमार्ग सञ्चालनको संस्थागत तथा प्रक्रियागत व्यवस्था गरिने घोषणा गरेका हुन्।





