देश

    सरकारले गरिब परिवारलाई विद्युतीय चुलो उपलब्ध गराउने

    नवलपुर टुडे
    २०८१ जेष्ठ १ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ । 

      संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए । उनले गरिबलक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने जानकारी दिए । 

      “पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ,” उनले भने ।

        कमेन्टहरु