राजनीति

    कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु

    नवलपुर टुडे
    २०८१ जेष्ठ १ | बिहान १०:०२ बजे

      काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

      सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले आज सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र संसद् बैठकबारे रणनीति तय गर्ने भएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो । 

      सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै  छानबिनका निम्ति संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडानमा रहेको छ ।  

       

        कमेन्टहरु