देश

    आज आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    नवलपुर टुडे
    २०८१ जेष्ठ १ | बिहान ०६:०२ बजे

      काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम मंगलबार (आज) पेस हुँदै छ ।

      नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ ।

      यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।

      संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ । 

       

        कमेन्टहरु