अपराध

    अनलाइनमार्फत नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ

    नवलपुर टुडे
    २०८१ बैशाख ३१ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौँ । अनलाइनमार्फत नाबालिका र किशोरीहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नम्बर–६ घर भएर गोकर्णेश्वरस्थित माकलबारी बस्ने अंजली अधिकारी छिन् ।

      १९ वर्षीय अधिकारीले स्ट्रिप च्याटमार्फत नाबालिका र किशोरीहरूलाई लाइभ भिडियो च्याट गर्न लगाएर यौन व्यवसायमा लगाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

      अनलाइनमा बसेर अंग प्रदर्शन गरेर पुरुषहरूलाई मोहित बनाएर उनले यौनधन्दा सञ्चालन गरेकी हु । अधिकारीविरुद्ध प्रहरीले बालबालिका सम्बन्धी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ ।  

        कमेन्टहरु