अपराध

    विमानस्थलबाट पाँच किलो सुनसहित दुई भारतीय पक्राउ

    नवलपुर टुडे
    २०८१ बैशाख ३१ | बिहान ०९:०१ बजे

      काठमाडौं, वैशाख ३१ । पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

      फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।

      उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन्। उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ।

        कमेन्टहरु