धर्म–संस्कृति/रीतिथिति

    जनकपुरधाममा भारतीय धर्मगुरु रामभद्राचार्य

    नवलपुर टुडे
    २०८१ बैशाख २९ | मध्यान्ह ०३:०१ बजे

      जनकपुरधाम । भारतीय धर्मगुरु रामभद्राचार्य आज जनकपुरधाम आइपुगेका छन् । उनलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । जानकी मन्दिरका छोटा महन्त रामरोषण दाससहितका साधुसन्त र श्रद्धालु तथा नगरवासी धर्मगुरुलाई स्वागत गर्न भिट्ठामोड नाकासम्म पुगेका थिए ।

      जानकी जन्मोत्सवको अवसरमा धर्मगुरु रामभद्राचार्य जनकपुरधाम आएको छोटा महन्त दासले बताए ।

      जानकी मन्दिरमा धर्मगुरुबाट आशीर्वाद लिनेहरुको घुँइचो लागेको छ । सो क्रममा हिन्दूवादीको जिज्ञासामा उनले यो पटक भारत हिन्दू राष्ट्र कायम हुने विश्वास व्यक्त गरे । नेपालको विषयमा उनले भने, ‘चिन्ता नगर्नुस् । विस्तारै नेपाललाई पनि हिन्दू राष्ट्र बनाएरै छाड्छौं ।’

        कमेन्टहरु