गण्डकी प्रदेश

    बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले

    नवलपुर टुडे
    २०८१ बैशाख २९ | बिहान १०:०१ बजे
    फाइल तस्बिर

      बागलुङ। जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् ।

      घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए । मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए ।

      गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनंले बताए । घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेकोे हुनसक्ने आशङ्का उनले व्यक्त गरे ।

        कमेन्टहरु