देश

    आङकाजी शेर्पाले १६ कारण देखाउदै, ओलीकाे भर नपराैं, जीवनको सुरक्षा आफै गरौं

    जगत ठाडा मगर
    २०७८ असार ३ | मध्यान्ह ०६:०३ बजे

      यो गफाडीको भर नपरौ,
      बर्षयामा जीवनको सुरक्षा आफै गरौ !
      यो गफाडीको भर नपरौ
      बर्षयामा जीवनको सुरक्षा आफै गरौ !
      यस्ले देश र जनताको सुरक्ष गर्दैन !
      आफ्नो कुर्सी मात्र सुरक्ष गर्छ …….

      (१) समुन्द्र नै नभएको नेपालमा पानी जहाज ल्याउने गफ दिन्छ !

      (२) नेपालमा उत्पादन हुने विधुत घरघरमा पुऱ्याउन नसक्नेले खाडी मुलुकमा पाउने खाना पकाउने ग्यांस पाईपबाट घरघरमा पुऱ्याउने गफ दिन्छ !

      (३) २७ किलोमिटर काठमाडौको चक्रपथ प्वाल टाल्न नसक्नेले चीनबाट काठमाडौमा रेल ल्याउने गफ दिन्छ !

      (४) चितवनको भृकुटी कागज काराखान, जुट मिल्स, साझा बस, ट्रली बस चलाउन नसक्नेले ७ वटा स्मार्ट सिटी बनाउन गफ दिन्छ !

      (५) राज्यको ढुकुटी खर्चेर पटक पटक किडनी फेर्ने तर गरिब जनताको लागि डाईलेसिस र किडनी ट्रान्सपलान्ट निशुल्क गर्न नसक्नेले विपन्न जनताको जीवन विमा निशुल्क गर्ने गफ दिन्छ !

      (६) समयमा किसानलाई बिऊ बिजन र मल दिन नसक्नेले कृषि क्रान्तीको गफ दिन्छ !

      (७) नेपाली भुमि अतिक्रमण गरेर बसेका विदेशी सेना हटाउन नसक्नेले चुच्चे नक्शा छापेर कालपानी लिपुलेक लिम्पियाधुरा फर्काउने गफ दिन्छ !

      (८) ऊखु बिक्रीको रकम नपाएर सडकमा किसान मर्दा केहि गर्न नसक्नेले गरिब किसानको जीवन समृद्ध र सुखी बनाउने गफ गर्छ !

      (९) मुस्ताङमा फलेको स्याउ पोखरा काठमाडौमा बिक्री वितरणको व्यवस्था गर्न नसक्नेले मुस्ताङको युरेनियम खानी सन्चालन गर्ने गफ दिन्छ !

      (१०) मधेस र आदिवासी आन्दोलनकारीलाई गोली हानेर हत्या गर्ने सयौ गिरफतार गर्नेले मधेस र जनजातिको मुद्धा सम्बोधन गर्ने गफ दिन्छ !

      (११) नेपालमा गणतन्त्र आउने कुरा बयाल गाड चढेर अमेरिका जानु जस्तै हो भन्ने र आदिवासीको चाडपर्वाको बिदा काटनेले पहिचान, सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षा संस्थागत गर्न सविधान सशेधनको गफ दिन्छ !

      (१२) आफ्नै क्यविनेट मन्त्रीले वाईड वडी विमान खरिदमा ४ अर्ब, सेक्युरिटी प्रेस खरिदमा ७० करोड, कोरोना स्वास्थ सामाग्री खरिदमा १० अर्ब घोटला भएको आरोप लागॅदा केही कारवाही गर्न नसक्नेले भ्रष्टचारमा सुन्य शहनसिलताको गफ दिन्छ !

      (१३) भारतीय ‘रअको’ एजेन्टसंग भेटने र प्रधानमन्त्री पद थामि दिनु पऱ्यो भनेर परराष्ट्रमन्त्रीलाई दिल्लीमा हप्ता दिन राख्नेले खोक्रो राष्ट्रवादको गफ दिन्छ !

      (१४) भारतको आयोध्यमा भएको राम भुमी पर्साको ठोरीमा हो भन्नेले “ बुद्ध ईज बोर्न ईन नेपाल” अभियानको गफ दिने !

      (१५) हेलिकप्टर चढेर ताप्लेजुङ्गमा नेपालको नक्शा अंकित केक काटेर जन्मदिन मनाउने तर सैनिक हेलिकप्टर चढेर भारतले मिचेको नेपालको भुमी कालापानी हेर्न नपुग्ने अनि सिंहदरबामा बसेर चुच्चे नक्शा छापेर गफ दिने !

      (१६) मध्यरातमा शितल निवास छिरेर राष्ट्रपति भेटन सक्ने तर सिन्धुपाल्चोक, मनाङमा बाढीबाट पिडित हजारौ जनतालाई भेटन नसक्ने अनि बढी पहिरो सरकारले ल्याएको हो र भनेर गफ दिने !

      यो प्रतिगामी सरकार ….
      (१) गफ
      (२) ४ किडनी
      (३) शितल निवास
      (४) अध्यायदेश
      (५) भ्रष्टचारी
      (६) अपहरणकारीहरूको भरमा टिकेको छ !

      आङकाजी शेर्पाको फेसबुकबाट

        कमेन्टहरु