देश

    कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

    नवलपुर टुडे
    २०८१ बैशाख २८ | मध्यान्ह ०४:०१ बजे

      काठमाडौँ । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो ।

      कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

      शुक्रबारको बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका गगन थापाले सहकारी प्रकरणमा छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताए ।

        कमेन्टहरु