कोशी प्रदेश

    आज कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने नेकपा एमालेको तयारी

    नवलपुर टुडे
    २०८१ बैशाख २७ | बिहान ०८:०१ बजे

      काठमाडौँ । प्रदेश प्रदेशका प्रमुख पर्शुराम खापुङले हिजो राति नयाँ सरकार गठनको आह्वान गरेपछि आज नेकपा एमालेले दाबी पेस गर्ने भएको छ । आज बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् । 

      संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आह्वान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ । जसका लागि एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद् सचिवालयमा भेला हुन निर्देशन दिएको छ ।

      यस्तै माओवादी केन्द्रले पनि सबै आफ्ना सांसदहरूलाई परिचयपत्रका साथमा १० बजे संसद् सचिवालय आउन आग्रह गरेको जनाएको छ । 

      एमाले नेताहरूका अनुसार प्रदेश प्रमुखले सनाखत गरेर आज नै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी गरेका छन् । 

        कमेन्टहरु