मधेश प्रदेश, यातायात

    राैतहट प्रहरीद्वारा २३ वटा ई-रिक्सा तथा टेम्पु नियन्त्रणमा लिई कारबाही

    अशोक यादव
    २०८१ बैशाख २६ | मध्यान्ह ०४:०१ बजे

      रौतहट, वैशाख २६ । राैतहट प्रहरीले २३ वटा ई-रिक्सा तथा टेम्पु नियन्त्रणमा लिई कारबाही गरेको छ ।

      राैतहट प्रहरी कार्यालय तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले गौर एरियामा चल्ने ई-रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरु मध्ये सवारी चालक अनुमती पत्र नलिई सवारी चलाएका २३ वटा ई-रिक्सा (डाँफे रिक्सा) र टेम्पुहरु नियन्त्रणमा लिई कारबाही गरेको हो ।

      सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गरी यथासिघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

        कमेन्टहरु