अपराध

    ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, ३ जना पक्राउ

    नवलपुर टुडे
    २०८१ बैशाख २५ | बिहान ११:०१ बजे

      काठमाडौं । हुन्डी कारोबारको आशंकामा ठमेलस्थित एक होटलमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ ।

      चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको बुझिएको छ । प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरे पनि होटलको नाम खुलाएनन् ।

      ‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो । हामीले तीन जनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने ।

        कमेन्टहरु