राजनीति

    आज ८ बजे रास्वपा संसदीय दलको बैठक बस्दै

    नवलपुर टुडे
    २०८१ बैशाख २५ | बिहान ०६:०१ बजे

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ ।

      युवा तथा खेलकुदमन्त्री समेत रहेका पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार आज बिहान ८ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।

      संसद्को बजेट अधिवेशन यही वैशाख २८ गतेलाई आह्वान भएको छ । सहकारी अपलचनमा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने संलग्न रहेको आरोप कांग्रेसको छ । कांग्रेसले यो विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । उसले समिति नबने बजेट अधिवेशन चल्न नदिने बताएको छ ।

      सोही कारण सत्तारुढ दल र आफ्नै पार्टीमाथि आरोप लागिरहेको बेला के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने र रणनीति तय हुने बुझिएको छ ।

        कमेन्टहरु