भ्रष्टाचार

    तीस हजार घुससहित नायब सुब्बा पक्राउ

    नवलपुर टुडे
    २०८१ बैशाख २४ | मध्यान्ह ०७:०१ बजे

      कपिलवस्तु । भूमि सुधार तथा जिल्ला मालपोत कार्यालय तौलिहवा मालपोतका नायब सुब्बा नरहरु खनाललाई अख्तियार दुरुपयोग अनुसन्धनले पक्राउ गरेको छ ।

      पक्राउ परेका कर्मचारी मालपोतका सुब्बा नरहरु खनाल रहेका छन् । उनलाई अख्तियारको टोलीले ३० हजार नगद घुससहित पक्राउ गरेको हो ।

      जग्गा नामसारी गर्न सहजीकरण गरिदिने नाममा खनालले सेवाग्राहीबाट घुस रकम लिएको अख्तियार बुटवलको टोलीले बताएको छ ।

        कमेन्टहरु