समाचार

    गोङ्गबुको होटलमा झुन्डिएको अवस्थामा युवतीको शव फेला, सँगै बसेका युवक पक्राउ

    नवलपुर टुडे
    २०८१ बैशाख २४ | मध्यान्ह ०२:०१ बजे

      काठमाडौँ, वैशाख २४ । काठमाडौँको गोङ्गबुस्थित होटलमा एक युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका–२ घर भइ काठमाडौको बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ ।

      भण्डारी गएको शुक्रबार गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो । उनी काठमाडौंकै चन्द्रागिरि नगरपालिका–१५ का अनित कार्कीसँग उक्त होटेलमा बसेको खुलेको छ । अनित कोठाभित्र रहेकै अवस्थामा बाथरुममा झुन्डिएको अवस्थामा भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ ।

      मृतक युवतीका परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । भण्डारी विवाहित महिला भएको खुलेको छ । कार्की अविवाहित युवक हुन् ।

        कमेन्टहरु