समाचार

    काठमाडौंको शंखपार्कमा एक पुरूषको शव फेला

    नवलपुर टुडे
    २०८१ बैशाख २४ | बिहान ११:०१ बजे

      काठमाडौं, वैशाख २४ । काठमाडौंको शंखपार्कमा एक पुरूषको शव फेला परेको छ ।

      सोमबार बिहान ९ बजेतिर पार्कमा अन्दाजी ३०/३५ वर्षका एक पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

      शवको पहिचान भइ नसकेको एसपी अधिकारीले बताए । मृत भेटिएको स्थानमा प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरीको टोली खटिएको उनले बताए ।

        कमेन्टहरु