देश

    मन्त्रिपरिषद्को निर्णय सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने

    नवलपुर टुडे
    २०८१ बैशाख २१ | मध्यान्ह ०४:०१ बजे

      काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

      अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । भारत अधीनस्थ रहेका कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसदले अनुमोदन गरेको थियो ।

      तर, सयको नोटमा नेपालको नक्सा पुरानै छ ।

        कमेन्टहरु