राष्ट्रपति पौडेलद्वारा बजेट अधिवेशन आह्वान

नवलपुर टुडे
२०८१ बैशाख २० | मध्यान्ह ०७:०१ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा पौडेलले अधिवेशन बोलाएका हुन् ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्नेछ।





