३७ जना प्रशासकीय अधिकृत हेरफेरसहित ४८ उपसचिवको सरुवा (सूचीसहित)

नवलपुर टुडे
२०८१ बैशाख २० | मध्यान्ह ०६:०१ बजे

काठमाडौं । ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।
जसअनुसार २० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका नवनियुक्त उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एवम अन्य विभिन्न निकायमा पदस्थापन तथा कामकाजमा खटाएको छ भने बाँकी २८ जना विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अन्य निकायमा कार्यरत उपसचिवको सरुवा तथा कामकाजमा खटाइएको हो ।





