देश

    पशुपति आर्यघाटको विद्युत् शवदाह आउँदो साउनदेखि निःशुल्क हुने

    नवलपुर टुडे
    २०८१ बैशाख १९ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले सो जानकारी दिए। निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उनले बताए। 

      यसैगरी, सदस्यसचिव डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको जानकारी पनि दिए। पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव डा. थापाले मंगलबार विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यभार ग्रहण गरेका छन्।  

      मंगलबार सदस्यसचिव डा. थापासहित डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ पाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते उनीहरू तीनैजनाविरुद्ध मुद्दा दायर गरेको थियो। 

        कमेन्टहरु