देश

    काठमाडौँको टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

    नवलपुर टुडे
    २०८१ बैशाख १९ | मध्यान्ह ०४:०१ बजे

      काठमाडौँ, वैशाख १९ । काठमाडौँको टुँडिखेलमा आजबाट सीप मेला सुरु भएको छ। ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले सीप मेला बुधबारदेखि सुरु गरेको हो।

      महानगरले एक महिना चल्ने मेलामा कपाल काट्ने, मोबाइल मर्मत, ब्युटीपार्लर, फर्निचर लगायत विभिन्न २९ पेसासँग सम्बन्धित सीप तालिम दिन लागेको हो। मेलामा २०८१ जनालाई सीपमूलक तालिम दिने महानगरले तयारी गरेको छ।

      सीप मेलाको महानगरका उपप्रमुख  सुनिता डंगोलले उद्घाटन गर्नुभएको थियो। महानगरभित्र बसोबास गर्ने व्यक्तिलाई तालिम र रोजगारी प्रदान गर्ने उद्देश्यले वैशाख १९ गतेदेखि जेठ २५ गतेसम्म सीप मेला सञ्चालन गर्न लागेको महानगरले जनाएको छ । 

      बुधबार मेलाको औपचारिक उद्घाटन भएको हो । सीप तालिम भने बिहीबारबाट सुरु हुनेछ । मेला उद्घाटन कार्यक्रममा युवाको उल्लेख्य सहभागिता थियो । गोरखापत्रबाट

      Sip Mela 2081 10

      Sip Mela 2081 13

      Sip Mela 2081 9

      Sip Mela 2081 11

      Sip Mela 2081 12

      Sip Mela 2081 8

      Sip Mela 2081 7

      Sip Mela 2081 6

      Sip Mela 2081 1

      Sip Mela 2081 5

      Sip Mela 2081 4

      Sip Mela 2081 3

       

        कमेन्टहरु