मुख्य समाचार

    वाईवाई चाउचाउविरूद्ध भ्रामक र तथ्यहीन कुराको प्रचारबाजी गर्नेलाई कारबाही गरिन्छ: सिईओ पुडासैनी

    नवलपुर टुडे
    २०८१ बैशाख १८ | बिहान ११:०१ बजे

      काठमाडौं, वैशाख १८ । वाईवाई चाउचाउका प्रमुख कार्यकारी निर्देशक (सिइओ) प्रदिप पुडासैनीले वाइ वाइ चाउचाउको गुणस्तरका बिषयमा आधारहीन, भ्रामक र तथ्यहीन कुराहरु लेख्ने, बोल्ने र भिडियो बनाएर पोष्ट गर्नेविरूद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।

      उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कुनै कम्पनीको बारेमा आधारहीन तरिकाले गुणस्तरको विषयमा लेखेर, बोलेर र भिडियो बनाएर पोष्ट गर्नु गैर कानूनी कार्य रहेको बताएका छन् ।

      उनले लेखेका छन्, ‘वाइ वाइ चाउचाउको गुणस्तरका बिषयमा आधारहीन, भ्रामक र तथ्यहीन कुराहरु लेख्ने, बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैर कानूनी कार्य हो । यस्तो काम गर्नेहरू विरुद्ध प्रचलित कानूनी कारबाही गरिने जानकारी गराइन्छ ।’

        कमेन्टहरु