तस्कर

    रौतहटमा काठसहित साईकल नियन्त्रणमा, तस्कर फरार

    अशोक यादव
    २०८१ बैशाख १८ | बिहान ०८:०१ बजे

      रौतहट । रौतहटमा काठ तस्कर बढ्ने क्रम दिनदिनै बढिरहेको छ । जिल्लाको रंगपुर साँझेदारी बनको सदस्य उमाशंकर पटेलको कमाण्डमा सव डिभिजन बनको वन पाले सुनिल पण्डितसहितको संयुक्त गस्ती टोलीले अबैध रुपमा काठ तस्कर गरिरहेको अवस्थामा काठसहित साईकल बरामद गरिएको छ ।

      गएराति १ बजेको समयमा सो संयुक्त गस्ती टोलीले एक थान ठूलो सालको काठसहित साईकल बरामद गरिएको हो । तस्कर भने फरार रहेको छ । सो बारे अनुसन्धान गरिरहेको र बरामद काठ र साईकललाई कारबाहीका लागि वन डिभिजन कार्यालयमा बुझाएको छ ।

        कमेन्टहरु