निर्वाचन

    इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

    नवलपुर टुडे
    २०८१ बैशाख १८ | बिहान ०५:०१ बजे

      इलाम, वैशाख १८ । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । सुहाङ २७ हजार ७७२ मतका साथ विजयी भएका हुन् ।

      उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । नेम्बाङ र खड्काबिच पाँच हजार ८३० को मतान्तर रहेको छ ।

      तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए ।

      २०८० भदौ २६ गते एमाले सांसद तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात यो क्षेत्र खाली रहेकाले रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो । सुहाङ सुवासका कान्छा छोरा हुन् ।

       

        कमेन्टहरु