तस्कर

    रौतहटबाट १३ लाख भन्दा बढीको अवैध कपडा तथा किराना सामान बरामद

    अशोक यादव
    २०८१ बैशाख १७ | मध्यान्ह ०९:०१ बजे

      रौतहट, वैशाख १७ । रौतहटको बौधिमाई नगरपालिका वडा नं. ७ बाट प्रहरीले १३ लाख भन्दा बढीको अवैध कपडा तथा किराना सामान बरामद गरेको छ ।

      विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भंसार छली चोरी पैठारी गरी ल्याएर वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको लत्ताकपडा अथा किराना सामान बरामद गरेको हो । उक्त सामानको अन्दाजी मूल्य १३ लाख २६ हजार ४५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

      बरामद गरिएका लत्ताकपडा र किराना सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीको भनाइ छ ।

        कमेन्टहरु