नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एकजना घाइते

नवलपुर टुडे
२०८१ बैशाख १७ | मध्यान्ह ०४:०१ बजे

नवलपुर, वैशाख १७ । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट मध्यविन्दु नगरपालिका – ५ बाघखोरका ३० बर्षीय यम नारायण महतो घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट घाइते भएका महतोलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको मुख र शरीरमा चोट लागेको छ । उनको अवस्था भने मध्यम रहेको छ ।





