निर्वाचन

    बझाङमा नेकपा एमालेका उम्मेदवार भण्डारी निर्वाचित

    नवलपुर टुडे
    २०८१ बैशाख १७ | मध्यान्ह ०१:०१ बजे

      काठमाडौँ, वैशाख १७ । बझाङ प्रदेशसभा–१ बाट नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

      यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

      तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन् ।

        कमेन्टहरु