दुर्घटना

    भोजपुरमा जिप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु

    नवलपुर टुडे
    २०८१ बैशाख १७ | मध्यान्ह १२:०१ बजे

      काठमाडौँ, वैशाख १७ । भोजपुरमा जिप दुर्घटना हुँदा एकजना महिलाको ज्यान गएको छ । 

      भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

      बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

        कमेन्टहरु