निर्वाचन

    बझाङ-१(१) अपडेट : कांग्रेसका सिंहले लिए अग्रता, दोस्रोमा एमालेका भण्डारी

    नवलपुर टुडे
    २०८१ बैशाख १७ | बिहान ०५:०१ बजे

      धनगढी, वैशाख १८ । बझाङ-१(१) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले अग्रता लिन थालेका छन् । मतगणना सुरू भएदेखि अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमन भण्डारीलाई पछि पार्दै सोमबार बिहानदेखि कांग्रेसका सिंहले अग्रता लिएका हुन् । 

      सोमबार बिहान कांग्रेसका सिंह १५१ मतान्तरले अगाडि देखिएका छन् । उनले ६ हजार ८५३ मत पाएका छन् । दोस्रो स्थानामा रहेका एमालेका भण्डारीले ६ हजार ७०२ मत ल्याएका छन् । 

      त्यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढा २ हजार ८२२मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २०९१ मत पाएका छन् ।

        कमेन्टहरु