निर्वाचन

    इलाम—२ अपडेट : एमालेका सुहाङ एक हजार ६ सय मतले अगाडि

    नवलपुर टुडे
    २०८१ बैशाख १७ | बिहान ०५:०१ बजे

      इलाम, वैशाख १७ । इलाम—२ को उपनिर्वाचनको जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

      नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २ र ३ को गणना सकिँदा ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ४ हजार ७ सय ८० मत ल्याएर पछ्याइरहेका छन् । एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ६ सय २३ छ ।

      तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले तीन हजार १ सय ८८ मत प्राप्त गरेका छन् । यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बूले एक हजार मत पुर्‍याएका छन् ।

        कमेन्टहरु