देश

    इलाम २ मा एमालेका सुहाङ १००१ मतले अघि

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | मध्यान्ह ०९:०१ बजे

      इलाम । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार मतले अग्रता लिएका छन् ।

      ताजा अपडेटअनुसार नेम्वाङ ३७८३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डम्बर खड्का २७८२ मतले दोस्रो स्थानमा छन् । उनीहरुबीच १००१ को मतान्तर रहेको छ ।

      त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७८४ मत ल्याउँदा रास्वपाका मलिन लिम्बूले ५६१ मत पाएका छन् ।

      हालसम्म ६ वटा वडाकाे मतगणना सकिएकाे छ ।

        कमेन्टहरु