सूचना / प्रबिधि

    राष्ट्रिय दलित पत्रकार संघ चितवनको प्रथम अधिवेशन वैैशाख २९ गते हुने

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | मध्यान्ह ०७:०१ बजे

      चितवन, वैशाख १६ । राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन वैशाख २९ गते भरतपुरमा हुने भएको छ ।

      आज बसेको संघको कार्यसमिति बैठकले संघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको मिति तय गरेको हो ।

      संघको अधिवेशन सम्पन्न गर्नका लागि सचिव श्याम विक र कोषाध्यक्ष एलिना पोख्रेल प्रिति रहेको प्रतिवेदन तयार समिति गठन गरिएको छ ।

        कमेन्टहरु