इलाम- २ को मतपरिणाम दुई/दुई घन्टामा सार्वजनिक गर्ने

नवलपुर टुडे
२०८१ बैशाख १६ | मध्यान्ह ०२:०१ बजे

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणनाको परिणाम दुई/दुई घन्टामा सार्वजनिक गर्ने भनिएको छ। मुख्य निर्वाचन अधिकृतका अनुसार दिउँसो २ बजेपछि प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ। बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो।
मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ। इलाम-२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन् ।
उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।





