देश

    बझाङ (१) मा पनि सुरू भयो मतगणना

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | मध्यान्ह ०२:०१ बजे

      कैलाली । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।

      छविसपाथिभेरा गाउँपालिका- १ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

      यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

        कमेन्टहरु