देश

    इलाम-२ मतगणना सुरु

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | मध्यान्ह १२:०१ बजे

      इलाम । ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ को उपनिर्वाचन अनुसार मतगणना एक घण्टापछि सुरु भएको छ ।  

      फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो । यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । 

      फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा काँग्रेसका कर्ण बहादुर लिम्वूले  ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।

      यस्तै माओवादीका भोजबहादुर बोहराले २२६ मत ल्याएका थिए । यस्तै २ नम्बर वडामा पनि काँग्रेसका यमबहादुर खत्री पौडेलले ७१४ मत ल्याउँदा एमालेका देउकुमार राईले ७०७ मत ल्याएका थिए भने जसपाका धनसिंह राईले ९२ मत ल्याएका थिए ।

        कमेन्टहरु