देश

    मतगणनाका लागि बझाङमा पनि सर्वदलीय बैठक सुरु

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | बिहान ११:०१ बजे

      बझाङ । मतगणनाका लागि बझाङमा पनि सर्वदलीय बैठक सुरु भएको छ । उपनिर्वाचन अन्तर्गत शनिबार भएको बझाङ प्रदेशसभा सदस्य १ को मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।

      सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गर्ने तयारी छ । मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ । उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो । 

        कमेन्टहरु