देश

    इलाम-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक जारी

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | बिहान ०८:०१ बजे

      इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय/सर्वपक्षीय बैठक सुरु भएको छ। 

      निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् ।

      बैठकलगत्तै मतगणना सुरु गरिने र सोमबार साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए।

      शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । इलाम-२ मा कुल १ लाख १५ हजार ८८९ मतदाता थिए।

        कमेन्टहरु