इलाम–२ : मतगणनाका लागि केहीबेरमा सर्वदलीय बैठक बस्ने तयारी

नवलपुर टुडे
२०८१ बैशाख १६ | बिहान ०७:०१ बजे

काठमाडौँ । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि अहिले केहीबेरमा सर्वदलीय बैठक बस्ने भएको छ ।
सर्वदलीय बैठक लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले रातोपाटीलाई जानकारी दिए । सर्वदलीय बैठकका लागि सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालालाई बोलाइएको छ ।
इलाम नगरपालिका–२ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिने भएको छ । इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।





