खेलकुद

    नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | बिहान ०७:०१ बजे

      काठमाडौँ, वैशाख १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याह्न १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

      नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो । यसअघि हिजो भएको पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गर्दै नेपाल विजयी बनेको थियो । 

      नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो  । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए । 

      आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

        कमेन्टहरु