देश

    बाजुरामा हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

    रासस
    २०८१ बैशाख १५ | मध्यान्ह ०७:०१ बजे

      बाजुरा, वैशाख १५ । आज आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका-६ सालिकोटका बाढी पहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता दिउँसो साढ एक बजे आसपासमा आएको हावाहुरीले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिनुभयो । 

      सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हावाहुरीले उडाएपछि बस्न योग्न नभएको वडा सदस्य चदाराले बताउनुभयो । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताउनुभयो । 

      घर निर्माण भएको एक महिना बित्न नपाउँदै हावाहुरीले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिनुभयो । आधाघण्टा बढी समय चलेको हावाहुरीले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ । 

        कमेन्टहरु