समाचार

    रौतहटमा लागू औषध गाजाँसहित श्रीमान श्रीमती पक्राउ

    अशोक यादव
    २०८१ बैशाख १५ | मध्यान्ह ०६:०१ बजे

      रौतहट, वैशाख १५ । रौतहटको कटहरिया नगरपालिका वडा नं. २ छेदिचौकबाट लागू औषध गाजाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

      विषेश सूचनाको आधारमा रौतहटबाट खटिएको गस्ती टोलीले जंगलसहियाबाट कटहरियातर्फ आउँदै गरेको प्र.२-०३-००१ह ३१५ नं. को अटोलाई शंका लागेर चेकजाँच गर्दा चालक बसेको सिटमुनि रातो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिको १० किलो ५०० ग्राम लागू औषध गाँजा बरामद गरेको हो ।

      प्रहरीले गाँजा र अटोसहित अटो चालक बाराको निजगढ न.पा. १ बजार टोल बस्ने वर्ष ४२ का अनन्त बराइली र अटोमा सवार उनकी श्रीमती ३५ वर्षीया मन्जु बराइलीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

      उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखेर थप अनुसन्धान कार्य भइरहको छ ।

        कमेन्टहरु